SHARE
पर्दाफास · शनिबार २३ साउन २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न माग

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमण तथा दुव्र्यवहारको घोर निन्दा गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउन कठिन भइरहेको अवस्थामा दूरदराजमा नागरिकको सेवामा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु दुःखद र चिन्ताजनक विषय भएको बताए ।