SHARE
अन्नपूर्ण · शनिबार २३ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

पहिरोले अवरुद्ध सडक जनश्रमदानबाट सञ्चालनमा

सुनसरी : लगातारको वर्षापछि पहिरो खसेर अवरुद्ध बनेको खोटाङको साकेला गाउँपालिका–३ स्थित ढाडे–मानेभञ्ज्याङ सडक स्थानीयवासीले श्रमदानमा जुटेर पछि पुनः सञ्चालनमा ल्याएका छन् । सडकमा  पहिरोसहित माटो र हिलो थुप्रिएपछि केही समयदेखि आवागमन प्रभावित बनेको थियो। वर्षाका कारण थप पहिरो जाने र सडकमा पानी जम्ने जोखिम समेत बढेपछि गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरु तत्काल सडक खुलाउन श्रमदानमा जुटेका थिए ।