SHARE
पर्दाफास · शनिबार २३ साउन २०८३ ०२:५९ AM · 1 मिनेट पढाइ

धर्तीको भू-स्वर्ग बाजुराको बडी मालिकामा भदौ १ गतेबाट पूजा आरम्भ हुने

धर्तीको भू-स्वर्ग बाजुराको पर्यटकीय, ऐतिहासिक र धार्मिक आस्थाको धरोहर बडी मालिकामा यस वर्षको जनैपूणिर्मा मेला पूजा आरम्भ भदौ १ गते अर्थात् श्रावण शुक्ल पक्षको पञ्चमी तिथिबाट सुरु हुने भएको छ । बडी मालिकामा मुख्य पूजा जनपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने गर्छ ।