SHARE
पर्दाफास · शनिबार २३ साउन २०८३ ०२:०३ AM · 1 मिनेट पढाइ

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् ।