तीन सातादेखि तातोपानी नाका ठप्प
सिन्धुपाल्चोक : अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनिको राजमार्गको कोदारीस्थित इको क्षेत्रमा सडक भासिएपछि तीन सातायता तातोपानी नाका ठप्प बनेको छ।नेपाल—चीनबीचको उत्तरी नाका क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका– २ स्थित कोदारी (इको) क्षेत्रको सडकखण्डमा साउन १ गते आएको पहिरोले सडक भासिएपछि दुई देशबीचको सडक सञ्जाल टुटेको छ। सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयात–निर्यात ठप्प भएको हो।
