SHARE
मकालु खबर · शनिबार २३ साउन २०८३ १२:५२ AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

कर्णाली । कर्णाली प्रदेशसभा सदस्यले मनसुनजन्य विपद्को प्रतिकार्यदेखि लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको २६ औँ बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य बेदराज सिंहले वर्षाको समयमा आउने बाढी पहिरो जस्तो विपद्का कारण कर्णाली प्रदेशका दशवटै जिल्ला पुग्ने बाटो बन्द हुँदै गएको उल्लेख गरे ।