SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

कारागारबाट फरार कैदी भारत-नेपाल सीमाबाट पक्राउ

काठमाडौं । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लागुऔषध खैरो हेरोइन मुद्दामा १० वर्ष तीन महिना कैद सजाय सुनाइएका भीमदत्त नगरपालिका–१५ का ३३ वर्षीय भुवन शाहुलाई शुक्रबार प्रकाउ गरिएको हो ।