SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

भारतको असममा बाढी, ९७ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरपूर्वी असम राज्यमा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ । वर्षौंयताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ ।