SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखियो : बर्षमान पुन

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षमान पुनले पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखिएको बताएका छन् । शुक्रबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता मुख्य कुरा भए पनि सरकार यसैमा कमजोर देखिएको बताएका हुन् ।उनले हालै सुनसरी तथा मधेश प्रदेशमा भएका घटनाहरूबारे सरकारले संसदलाई जानकारी गराउन आवश्यक नठान्नुले सरकार जवाफदेहिताबाट भागिरहेको देखिएको धारणा राखे ।