SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ १२:५० PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा: जनताले भोगेका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कागजमा भएका विकास र जनताले भोगेका समस्याबीच भिन्नता भएकाले त्यसलाई पहिचान गरेर काम गर्न आग्रह गरेका छन् । बैठकमा दलीय आधारमा आफ्ना धारणा राख्ने क्रममा अरबिन्द साहले मधेसमा किसानले भोगेको प्रमुख समस्या सिँचाइ भएकालाई त्यसलाई समाधान गर्न आग्रह गरे ।