सरकार जवाफदेहिताबाट पन्छिएको सांसद पुनको आरोप
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले वर्तमान सरकार जबाफदेहिता र पारदर्शिताबाट पन्छिएको आरोप लगाएका छन् । शुक्रवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले मुलुकका विभिन्न भागमा विकसित घटनाक्रम र जनजीविकाका सवालमा सरकारले संसद्लाई उपेक्षा गरेको बताएका हुन् ।
