SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

एसियन गेम्सका लागि नेपाली बक्सरले भारतमा तयारी गर्दै

काठमाडौँ । नेपालका सात बक्सरले जापानमा हुने २० औँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । जापानको आइची/नागोया सहरमा असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा नेपालका चार पुरुष र ३ महिला बक्सरले नेपालको चुनौती दिँदैछन् ।