कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री विराजभक्त श्रेष्ठ
काठमाडौँ । जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष कर्णालीमा विद्युत् प्रणाली विस्तार गरिने बताएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा उनले विद्युतीकरणमा कर्णाली प्रदेश पछाडि परेकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट काम गर्न लागिएको जानकारी दिए ।
