१५ दिनभित्र नागढुंगा-मुग्लिङ क्षेत्रका पोल सार्न संसदीय समितिको निर्देशन
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत् पहुँच विस्तार, सडक निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई पाँच बुँदे निर्देशन दिएको छ । शुक्रवार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायहरूलाई सो निर्देशन दिएका हुन् ।
