SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्न फेरि अवसर प्राप्त भएको छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशन वैधानिक र विधानसम्मत रहेकोले अदालतमा प्रतिरक्षा गरिने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभापति थापाले पार्टीको विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको पछिल्लो आदेशका सम्बन्धमा २४ गते बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरी धारणा बनाइने समेत बताए।विशेष महाधिवेशन वैधानिक र  ठीक थियो भनेर पुष्टि गर्नका निम्ति फेरि एकपटक अर्को अवसर प्राप्त गरेको उनको भनाइ छ ।