यातायातको सफ्टवेयर नचल्दा सेवाग्राही जरिवाना तिर्न बाध्य
धनगढी : यातायात व्यवस्था विभागले नयाँ आर्थिक वर्षदेखि जारी गरेको इडीएलभीआरसी अनलाइन प्रणाली राम्ररी सञ्चालनमा नआएपछि सुदूरपश्चिमका लाखौँ सेवाग्राही प्रभावित भएका छन्। सुदूरपश्चिमका तीन जिल्ला कैलाली, कञ्चनपुर र डडेलधुरामा रहेका यातायात कार्यालयहरूमा पनि उक्त अनलाइन सफ्टवेयर नचलेपछि सेवाग्राही प्रभावित भएका हुन्।सरकारले पूर्ण रूपमा तयारी नगरी २०८३ सालदेखि ईडीएलभीआरसी अनलाइन प्रणाली लागू गरेपछि सेवाग्राही प्रभावित भएका हुन्।
