SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

सुनकोशीमा हामफालेर बेपत्ता वृद्ध दम्पतीको खोजी जारी

काठमाडौं : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर छ । बेपत्ता पराजुली दम्पती खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लगायत सुरक्षानिकायका प्रमुख आफै फिल्डमा खटिएका छन् ।