SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सेयर बजारमा करेक्सन : नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा झरेको हो। अघिल्लो दिन बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा अडिएको थियो।नेप्से घटेसँगै कारोबार रकममा पनि बिहीबारको तुलनामा कमी आएको छ। बिहीबार ४ अर्ब ६२ करोडको कारोबार भएकोमा यसदिन ३ अर्ब ७७ करोड मूल्य बराबरको कारोबार भयो।यसदिन ३३४ वटा स्क्रिप्सको १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ रुपैयाँमा खरिदबिक्री भए।