SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

यलुङ रि–हिमालको आधार शिविरमा पाँच जनाको शव फेला

दोलखा : दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि–हिमालको आधार शिविरमा पाँच जनाको शव फेला परेको छ । यलुङ रि–आधार शिविरमा देखिएको पाँच वटा शव गत वर्ष कात्तिक १७ गते यलुङ रि आरोहणका क्रममा हिमपहिरोमा परेकाहरुको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गत वर्ष कात्तिक १७ गते  यलुङ रि हिमाल आरोहणका क्रममा पाँच विदेशीसहित दुई नेपाली हिमपहिरोमा परेका थिए ।  हिमपहिरोमा परेका दुई जनाको शव फेला परे पनि पाँच जना बेपत्ता भएका थिए ।