SHARE
पर्दाफास · शुक्रबार​ २२ साउन २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

विषयभन्दा बाहिर बोलेर संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले प्रतिनिधिसभा नियमावलीको पालना प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिए ।