SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना खारेज

बर्दिबास : राष्ट्रिय प्राथमिकता आयोजना ‘बर्दिबास मेडिकल कलेज  पूर्वाधार विकास निर्माण आयोजना’ को कार्यालय खारेज भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना खारेजीसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन आयोजना प्रमुख एवं उपसचिव देवीप्रसाद सुवेदीलाई जिम्मेवार अधिकारी तोकेको हो ।