संसद्मा उभिएर सतही टिप्पणी गर्न मिल्दैन
प्रकाशचन्द्र परियार, सचेतक, रास्वपा जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभालाई कसरी अझ बढी मर्यादित, अनुशासित र नतिजामुखी बनाउने भन्ने विषयमा कार्य परामर्श समितिको बैठकमा गम्भीर मन्थन भएको छ। संसद्को गरिमा र यसका स्थापित मूल्य–मान्यतालाई अक्षुण्ण राख्दै जनताका सवाललाई प्रभावकारी रूपमा उठाउन बैठकले विभिन्न व्यावहारिक सुधारका कदमहरू अघि सारेको छ।
