SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।