SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

६४७ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा : प्रहरीले धनकुटाबाट ठूलो परिमाणको लाूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट करिब ६४७ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई बिहीबार पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका–३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका–१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् ।