SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

विकासमा प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न रास्वपा सांसदहरूको माग

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले विकास निर्माणमा हुने प्रशासनिक ढिलासुस्ती, अन्तर–निकाय समन्वयको अभाव र आयोजनाका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।