SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

प्रश्न सुन्नै नसक्ने ‘माननीय’ : जनताको आवाज रोक्न संसद्मै चेतावनी

काठमाडौं : सांसद विष्णुबहादुर विश्वकर्माः ‘गृहमन्त्रीज्यू, अबको कति महिना, कति दिनभित्र हाम्रो चेली निर्मलाले न्याय पाउँछिन् ?’गृहमन्त्री सुधन गुरुङः ‘हुन्छ, म यसको उत्तर दिन चाहन्नँ।’राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालः ‘माननीय गृहमन्त्री...’गृहमन्त्री गुरुङले दोहोर्‍याएः ‘म यसको उत्तर दिन चाहन्नँ।’संसद्को माथिल्लो सदन राष्ट्रियसभामा बिहीबार सांसदका प्रश्नको गृहमन्त्री सुधन गुरुङले जवाफ दिने कार्यक्रम थियो।