SHARE
मकालु खबर · शुक्रबार​ २२ साउन २०८३ ०२:५५ AM · 1 मिनेट पढाइ

भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड ३४ लाख राजस्व सङ्कलन

दाङ । भूमि प्रशासन कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु ५९ करोड ३४ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु ३७ करोड सात लाख २४ हजार र पुँजीगत लाभकरबाट रु २२ करोड २६ लाख ९१ हजार सङ्कलन भएको कार्यालय प्रमुख शान्तराज गौतमले जानकारी दिए ।