SHARE
पर्दाफास · शुक्रबार​ २२ साउन २०८३ ०१:५७ AM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहन कार्यक्रम : ५ जनालाई एक–एक लाख र एक जनालाई १० लाख नगद घोषणा हुँदै

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराउँदै नमुना ड्र प्रणालीसमेत प्रस्तुत गरेको थियो। विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो उपहार घोषणा शुक्रबार गरिनेछ।