SHARE
अन्नपूर्ण · शुक्रबार​ २२ साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

कसरी जोगियो इन्फान्टिनोको कुर्सी ?

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो पछिल्ला केही सातायता आफ्नो कार्यकालकै सबैभन्दा ठूलो राजनीतिक संकटमा परेका थिए। विश्वकपका व्यावसायिक अधिकार व्यवस्थापन गर्ने नयाँ कम्पनीमा २० प्रतिशत हिस्सेदारी निजी लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव सार्वजनिक भएपछि युरोपेली फुटबल महासंघ (यूईएफए), इङ्लिस फुटबल संघ (एफए), उत्तर तथा मध्य अमेरिकी महासंघ (कन्काकाफ) र एसियाली फुटबल महासंघ (एएफसी) का केही सदस्यबाट तीव्र असन्तुष्टि देखिएको थियो।