SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

राष्ट्रलाई दलभन्दा माथि राखे इतिहासले मूल्याङ्कन गर्नेछः राजेश हमाल

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले लोकतन्त्र, राजनीतिक नेतृत्व, राष्ट्रिय हित र नागरिकको जिम्मेवारीबारे गहन धारणा सार्वजनिक गरेका छन् । आज सामाजिक सञ्जालमा सार्वजनिक गरेको लामो स्टाटसमा उनले लोकतन्त्रको सार जनमतमा भए पनि त्यसकै सबैभन्दा ठुलो चुनौती पनि जनमतभित्रै लुकेको उल्लेख गरेका छन् ।