SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

समावेशी युवा खेलकुद क्लब गठन

काठमाडौँ । नेत्रहीन क्रिकेट सङ्घ नेपालको पहलमा काठमाडौँमा अपाङ्गता भएका युवाको खेलकुद सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित सामुदायिक–आधारित समावेशी युवा खेलकुद क्लब गठन गरिएको छ । क्लबले फरक क्षमता भएका युवासम्म खेलकुदको पहुँच विस्तार गर्दै उनीहरूलाई विभिन्न खेल गतिविधिमा सक्रिय रूपमा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ ।