SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०२:२७ PM · 1 मिनेट पढाइ

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ६४७ किलोसहित दुई जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका-१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् ।