SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

पच्चीस वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एक दशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा फर्किएको छ । विसं २०५८ मा रु १२ करोडको औषधि बिक्री गरेको संस्था त्यसयता निरन्तर ओरालो लाग्दै करिब १० वर्ष बन्दको अवस्थामा पुगेको थियो ।