SHARE
पर्दाफास · बिहीबार २१ साउन २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमा फैलिँदै गएका घृणात्मक गतिविधि रोक्न सरकारलाई आग्रह

सांसदहरुले सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई खलबलिन नदिन तथा सामाजिक सञ्जालमा फैलिँदै गएका घृणात्मक गतिविधि नियन्त्रणका लागि सक्रिय भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीवार सिंहदरबारमा बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठकमा बोल्दै सांसदहरुले यस्तो आग्रह गरेका हुन् ।