SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

राजनीतिक नियुक्तिहरू समावेशी नभएको भन्दै रास्वपाकै सांसदले उठाए प्रश्न

काठमाडौं : सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग गरेका छन्। सिंहदरबारमा बिहीबार बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनीहरूले नयाँ राजनीतिक नियुक्तिहरूमा समावेशिताको अभाव देखिएको भन्दै यसबारे सरकारसंग छलफल गर्न माग गरेका हुन्।बैठकमा रास्वपा सांसद रमेश प्रसाईले सरकारले पुराना नियुक्तिहरू खारेज गरी गरेका नयाँ राजनीतिक नियुक्तिहरूमा समावेशिताको अभाव देखिएको बताए।