नेपाल भ्रमणमा आउँदै भारतीय सेना प्रमुख सेठ
काठमाडौं : भारतीय सेना प्रमुख जनरल धीरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्। उनी साउन ३१ गते काठमाडौं आइपुग्ने छन्। सो अवसरमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मनार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने प्रचलन रहेको छ। नेपाल बसाइका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछन्।
