SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

आठबीसकोट नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत उपलब्ध गराइएको सरकारी अनुदान दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।