SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

रुकुम पश्चिमको दुग्ध सहकारी अनुदान दुरुपयोग प्रकरणमा ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडलाई उपलब्ध गराइएको अनुदान दुरुपयोग गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहिबार विशेष अदालत, काठमाडौंमा आयोगले भ्रष्टचारको मुद्दा दायर गरेको हो ।