SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

पर्सामा ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी कारबाही हुने

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले आज उक्त कुरा बताएका हुन् ।