SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

एजेन्सी । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मुख्यधारका टेलिभिजन सञ्चारमाध्यमप्रति बढ्दो अविश्वासलाई सतहमा ल्याएको छ । प्रदर्शनस्थलमा समाचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत सञ्चारमाध्यम र स्वतन्त्र डिजिटल माध्यमबीचको बढ्दो दूरीलाई पनि उजागर गरेको छ ।