SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

प्रभावित बासिन्दालाई जलविद्युत आयोजनाको सेयर १०० रुपैयाँमै उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्नू  : समिति

काठमाडौं : अर्थ समितिले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय नागरिकहरूलाई १० प्रतिशत सेयर अंकित मूल्यमा नै उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ। आज बसेको समितिको बैठकले जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकहरूले उक्त व्यवस्था बमोजिमको शेयर प्राप्त गर्न नसकेको गुनासो आएको भन्दै उक्त निर्णय गरेको हो।