प्रेम र विछोडको कथा बोल्ने ‘लज्जावती’को दोस्रो गीत सार्वजनिक (भिडिओ)
काठमाडौँ । सिनेमा ‘लज्जावती’ को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार गीत युट्युबबाट सार्वजनिक गरेको हो । गीतको भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्री कृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ ।
