फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्सद्वारा ‘फ्याक्टस् अफ नेपाल २०२६’ सार्वजनिक
फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल) ले ‘फ्याक्ट्स अफ नेपाल–२०२६’ को ११औँ संस्करण सार्वजनिक गरेको छ। यो प्रकाशन नेपालको राष्ट्रिय, आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाबारे तथ्यमा आधारित जानकारी उपलब्ध गराउने उद्देश्यले तयार पारिएको हो। यस संस्करणमा १० विषयगत खण्ड समावेश गरिएका छन्।
