सेयर बजारमा १३ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार
काठमाडौं : सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा अडिएको हो।अघिल्लो दिन बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको थियो। यसदिन नेप्से घटेपनि कारोबार रकममा भने बुधबारको तुलनामा वृद्धि भएको छ। बुधबार ४ अर्ब ४० करोडको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम ४ अर्ब ६२ करोड नाघेको छ।
