SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

मापसे गरेर चलाएको ग्यास ट्याङ्करले ई–रिक्सालाई दियो ठक्कर : घाइते ९ जनामध्ये ६ जना गम्भीर

काठमाडौं : वीरगञ्ज महानगरपालिका –२४ बहुअरी चोकस्थित हुलाकी सडक-खण्डमा ग्याँस ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन् ।बुधबार राति करिब ८ बजे पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको ग्याँस ट्याङ्करले पछाडिबाट ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ ।