SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

लुटेराको आक्रमणबाट घाइते युगान्डाका स्टार फुटबलर डेभिड ओवोरीको निधन

युगान्डा : युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको निधन भएको छ । मंगलबार संदिग्ध लुटेराहरूले ओवोरीमाथि आक्रमण गरेको स्थानीय प्रहरीले जनाएको छ । लुटपाटको विरोध गर्ने क्रममा उनीमाथि आक्रमण भएपछि उनी बेहोस भएका थिए ।आक्रमणपछि ओवोरीलाई सुरुमा नजिकैको क्लिनिकमा लगिएको थियो । त्यसपछि उनलाई सहरकै एक निजी अस्पतालमा रिफर गरिएको थियो । तर उपचारकै क्रममा बुधबार उनको निधन भयो । प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रमणकारीहरूको समूहले ओवोरीमाथि ढुंगाले प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।