SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

राजनीति गर्न नभई अभिभावकीय भूमिका रहने राजसंस्था आवश्यक : धवलशमशेर राणा

काठमाडौं : जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर राणाले साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता राणाले हिन्दू अधिराज्य बनाउने लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको भन्दै साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका हुन् ।उनले आफ्नो अध्यक्षतामा दर्ता हुने पार्टीमा दुर्गा प्रसाईलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने जानकारी दिए ।