SHARE
पर्दाफास · बिहीबार २१ साउन २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

बाढीको चपेटामा हुलाकी राजमार्ग : ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य

निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा परेको छ । सडकमाथि कम्मरसम्म आउने बाढीको पानी ओभरफ्लो भएर बगिरहेको भए तापनि स्थानीय बासिन्दा, यात्रु र सवारी चालकहरू ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्न विवश छन् ।