SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

२० केजी चरेससहित २ जना पक्राउ

काठमाडौं : चितवनबाट २० केजी चरेससहित २ जना पक्राउ परेका छन्। बिहीबार १ बजे चितवन इच्छाकामना गाउँपालिका -५ मा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भिम बहादुर स्याङताङलाई चेकजाँच गर्दा चरेश फेला परेको हो।प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवका अनुसार उनीहरुले  २ जनाले बोकेको झोला भित्र पहेँलो टेपले बेरेर राखेको अवस्थामा चरेस जस्तो देखिने पदार्थ  २०/२० पोका फेला परेकोले हो।