SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

करिब २०७ किलो गाँजासहित पिकअप चालक पक्राउ

पर्सा  : प्रहरीले पर्साबाट ठूलो परिमाणको गाँजासहित एक गाडी चालकलाई पक्राउ गरेको छ । प्रहरीले बिन्दवासिनी गाउँपालिका–५ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २०७ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ बस्ने ४८ वर्षीय कृष्ण लामालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।